एनपीएल दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आगामी साउन २४ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति जारी गर्दै अक्सनको मितिबारे जानकारी दिएको हो।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार फ्रेन्चाइज टिमले रिलिज गरेका खेलाडी र अन्य नयाँ खेलाडी गरी कुल ४५८ जनाले नाम दर्ता गराएका छन्। खेलाडी दर्ताको समय साउन ६ गतेसम्म खुला गरिएको थियो।

अब क्यानले यी सबै खेलाडीको नाम फ्रेन्चाइज टिमलाई उपलब्ध गराउनेछ। साथै, मापदण्ड निर्धारण गरी छनोटमा पर्ने खेलाडी तथा टिमले चाहेका खेलाडीलाई अक्सन सूचीमा समावेश गरिने क्यानले जनाएको छ।

एनपीएलमा आठ फ्रेन्चाइज टिम रहेका छन्। यी टिमहरूले पहिलो संस्करणमा रहेका मार्की खेलाडी तथा केही अन्य खेलाडीलाई यथावत राखेका छन् भने बाँकी खेलाडी अक्सनमार्फत अनुबन्धन गरिनेछन्।

21 3