१६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल मंगलबार बिहान ७ः ४५ बजे मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा हुँदैछ । समूह चरणका तीन खेलमा विजयी भएको नेपाल एक खेल अगाडि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
समूह ‘ए’का तीन खेलमा तीन जित निकाल्दै शीर्ष स्थानमा रहेको नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो।





