आहा-रारा गोल्डकपको फाइनल आज

 २४ औँ आहा–रारा पोखरा गोल्डकप फुटबलको उपाधि भिडन्त आज हुँदैछ ।

दिउँसो साढे २ बजे हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्नेछन्।

विभागीय नेपाल पुलिस पोखरा रंगशालामा सर्वाधिक सफल टिम हो भने उज्जेकिस्तानी टिम पहिलोपटक सहभागी भएको हो।