नेपाल राष्ट्रिय महिला टीमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा युरोपको क्लबबाट व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छन् ।
उनलाई ग्रिसको माथिल्लो डिभिजनको निस अट्रोमिटौले शनिबार डेब्यु गराएको छ । भारत र पाकिस्तानमा पनि व्यवसायिक फुटबल खेलिसकेकी अञ्जिलाले अब युरोपमा आफ्नो व्यवसायिक फुटबललाई अगाडि बढाउनेछिन् ।
उनी नेपालमा भने एपीएफसँग आवद्ध छिन् । यसअघि सावित्रा भण्डारी युरोपमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी बनेकी थिइन् ।





