नेपालले एक घण्टाभन्दा बढी खेल रोकेको भन्दै भारतले साफमा उजुरी गर्ने

भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै उजुरी गर्ने भएको छ ।

खेल भएको भोलिपल्ट एआईएफएफले साफमा उजुरी गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । आइतबार राती भएको खेल रेफ्रीको विवादास्पद निर्णयका कारण नेपालले खेल्न नमानेपछि करिब एक घण्टा रोकिएको थियो ।

पुनः सुरु भएको खेलमा गोल गर्दै नेपालले खेललाई टाइब्रेकरमा पुर्‍याएको थियो । त्यसपछि नेपाल टाइब्रेकरमा ४-२ गोलले विजयी भएर फाइनल पुगेको थियो।