आशा गरिएको यो फिल्मबाट किन निकालियो दीपिकालाई ?

मुम्बई : निर्देशक सञ्जयलीला भन्सालीको चलचित्र ‘बैजु बावरा’बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन्। भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले पति रणवीर सिंह सरह पारिश्रमिक माग गरेपछि चलचित्रबाट बाहिरिएकी हुन्।

‘दीपिका आफ्नो पतिले पाउने जतिकै पारिश्रमिक चाहन्छिन्। न एक पैसा बढी न एक पैसा कम’, भारतीय मिडिया बलिउड हंगामाले भनेको छ। अभिनेता र अभिनेत्रीको पारिश्रमिक समान पाउनुपर्ने माग राख्दै दीपिकाले पति सरह पारिश्रमिक माग गरेकी हुन्। अन्नपुर्ण पोष्टमा खबर छ ।

मुख्य भूमिकाका लागि रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई छनोट गरेपछि उनीहरूका समर्थकले निकै खुसी देखिएका थिए। दर्शकले ‘रियल कपल’ दीपिका र रणवीरलाई एकसाथ रिलमा हेर्ने आशा गरेका थिए। तर, दीपिकाको अडानपछि दर्शकको यो चाहना पूरा नहुने भएको छ। भन्सालीले सन् २०१९ मा घोषणा गरेको यो चलचित्रको काम अझै सुरु हुन सकेको छैन।

दीपिका र रणवीरलाई ‘अनस्क्रिन रोमान्स’मा ल्याउने निर्देशक पनि भन्साली नै हुन्। ‘रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्दमावत’मा दीपिका र रणवीरले स्क्रिन सेयर गरेका छन्।
deepika padukone.jpga