काठमाडौं । फिल्म ‘एक्स ९’ मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन् । मुकुन्द भट्टको निर्देशनमा बन्ने फिल्म ‘एक्स ९’ मा यसअघि दुई स्टार अनुबन्धित भइसकेका छन् । अब फिल्ममा पुष्पसँगै अनमोल केसी र सौगात मल्ललाई एकसाथ एउटै फिल्ममा देख्न पाइने भएको छ ।
पुष्पले फिल्ममा कागजी सम्झौता गरेलगत्तै फिल्मको झन बढी चर्चा हुन थालेको छ । ३ स्टारले फिल्ममा महंगो पारिश्रमिक बुझेर अनुबन्धित भएको बताइएको छ । फिल्ममा अझै स्टाहरुलाई भित्र्याउने तयारी भइरहेको फिल्म निर्माताले बताएका छन् ।सौर्य दैनिकमा खबर छ । फिल्मको छायांकन आउँदो जनवरीबाट नेपालसँगै यूरोप, आबुधाबी र क्यानडा लगायतका स्थानमा गरिने जनाइएको छ । दिनेश भट्ट कार्यकारी निर्माता रहेको यस फिल्म नेटफ्लिक्समा रिलिज गरिने बताइएको छ ।




