‘छक्का पन्जा’ युएसए कमेडी टुर गर्दै दीपक–दीपा

 ‘छक्का पन्जा’ नामबाट ५ सिरिजसम्म हिट फिल्म दिन सफल कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले यही नामबाट अमेरिकामा कमेडी टुर कार्यक्रम गर्ने भएका छन् । टुर आगामी सेप्टेम्बर र अक्टोम्बरमा अमेरिकाका विभिन्न सहरमा आयोजना हुने जानकारी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत गराएका छन् ।

आत्रय प्रोडक्सनको आयोजना रहेको कार्यक्रममा ‘छक्का पन्जा’ टिमका कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल सहभागी हुनेछन् भने टिम बाहिरबाट गायक धर्मेन्द्र सेवा, गायिका मिना पोखरेल र कार्यक्रम प्रस्तोता तथा अभिनेता आसिफ शाहले सहभागिता जनाउनेछन् ।

दीपक, दीपाश्री र जीतुले कमेडी, धर्मेन्द्र र मिनाले गीत संगीत प्रस्तुत गर्ने कार्यक्रमको सञ्चालन आसिफ शाहले गर्ने बताइन्छ ।