हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा अमेरिकामा भब्य म्यूजिक फेस्टिबलको आयोजनामा गरिँदै

काठमाडौँ । भ्वाइस अफ नेपाल सिजन थ्रिका बिजेता किरण गजमेरलाई अमेरिकामा सम्मान गरिने भएको छ । हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा अमेरिकामा नर्थ हिल म्यूजिक फेस्टिबलको आयोजनामा गरिने मेलामा किरणले नेपाली भाषा संस्कृति र गीत संगीतको प्रचार प्रसारमा ठूलो योगदान पुर्याएको भन्दै एकेडेमीले सम्मान गर्न लागेको हो । him
him
शनिबार एक्रोन ओहायोमा हुन लागेको कार्यक्रममा नेपालीका अलावा कोरियन, भारतीय, लेटिनो, अमेरिकन, स्पेनिश, लगायतका देशहरुका सांस्कृतिक पक्ष झल्किने प्रस्तुतीहरु देख्न पाइने हिमालयन म्यूजिक एकेडेमीका सिइओ तथा आयोजक पुष्प गजमेरले जानकारी दिए ।
himalayan3a
एकेडेमीले विगतका वर्षहरुमा पनि आयोजना गर्दै आएको मेलाले अन्तराष्ट्रिय भाषा, साहित्य, संगीत र संस्कृतिको प्रचार प्रसारका कामहरु गर्दै आइरहेको छ ।
himalayan3
विगत १० वर्षदेखि नेपाली संगीत र संस्कृतिको क्षेत्रमा अमेरिकामा रहेर काम गर्दै आइरहेको संस्था हिमालयन म्यूजिक एकेडेमीले विश्वका विभिन्न भाषा , संस्कृति र समुदायको सम्मान गर्ने र एक अर्कालाई जोड्ने उदेश्य राखेर कार्यक्रमको आयोजना गरिएको सिइओ गजमेरले बताए ।
puspaaa
किरण जस्ता प्रतिभाहरुको खोजी गर्ने र उनीहरुको प्रतिभालाई विश्वसामु चिनाउने काम गर्ने कुरामा हिमालयन म्यूजिक एकेडेमी लागि परिरहने कुरामा समेत गजमेरले जोड दिए ।