चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज ट्रेलर सार्वजनिक गरेको हो । कमेडी पञ्चलाइनसहितको ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरू अटाएका छन् । ट्रेलरमा केदार घिमिरेको जिन्दगीको उचारचढाव समेटिएको छ ।
‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुनेछ । चलचित्र ‘माग्ने राजा’का निर्माता मुनाल घिमिरे हुन् । ऋषि लामिछानेले निर्देशन गरेको चलचित्रको कथा सामीप्यराज तिमलसेनाले लेखेका छन् । चलचित्रमा केदार घिमिरेसँगै वर्षा शिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मिस पबीको अभिनय छ ।