गायक पशुपति शर्मा कार दुर्घटनामा परे

13 3

गायक पशुपति शर्मा कार दुर्घटनामा परेका छन्।
बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा उनी सवार कार दुर्घटनामा परेको हो।

पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार घुम्तीमा अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रहरीका अनुसार कारमा गायक पशुपति शर्मासहित चार जना सवार थिए। दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ।

सांगीतिक कार्यक्रमको शिलशिलामा स्याङ्जा गएका गायक शर्माको देब्रे हातको एउटा औँला भाँचिएको छ।

‘म अगाडिको सिटमा थिएँ। कार घुम्तीमा अनियन्त्रित भएर नालीमा खसेको हो। एउटा औँला भाँचिएको छ, अरू ठूलो चोट छैन,’ उनले भने, ‘अन्य व्यक्तिहरू पनि सामान्य नै हुनुहुन्छ।’

समन्धित समाचार