चलचित्र ‘चिठ्ठी’को पोस्टर सार्वजनिक

 चलचित्र ‘चिठ्ठी’ को शनिवार फस्ट लुक्स सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ । यो चलचित्रलाई आगामी २० भदौबाट नेपालमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्र ‘चिठ्ठी’ लाई माधव राज खरेलले निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्ने भएको छ । हास्य प्रधान र हरर जनराको चलचित्रको फस्ट लुक्ससँगै मोसन पोस्टर पनि निर्माण पक्षले सार्वजनिक गरेको छ ।
यो चलचित्रमा आफूले आजको डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोग जस्ता मुद्दाहरूलाई रोचक तरिकाले उठान गरेको निर्देशक माधव राज खरेलले राजधानीलाई बताए ।

चलचित्रमा प्रवण भुसाल, खड्ग बहादुर पुन मगर (खबपु), संजीत भण्डारी, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मि भट्टलगायतको शीर्ष भूमिका रहेको छ ।

सञ्चारकर्मी कमला जोशी निर्माता रहेको ‘चिठ्ठी’लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् । जसमा राजेश कुमारको सम्पादन, समीर मियाँको भिएफ्एक्स, डा. कृष्णहरि बराल र कमला जोशीको गीत,सरोज कोइराला र राजेन्द्र बजगाईको संगीत, किरण दाहालको द्वन्द्व निर्देशन रहेको छ ।