काठमाडौँ । नेपाली नारीहरुको महान पर्व तीज विश्वभर धुमधामले मनाइएको छ । यसैबिच एनआरएनए एनसीसी मकाउको आयोजनमा मकाउमा रहेका महिला दिदी बहिनीहरुले पनि धुमधामले तिज पर्व मनाएका छन् । एनआरएनए एनसीसी मकाउका अध्यक्ष राजेश प्रसाईको अध्यक्षतामा तिजको कार्यक्रम सम्पन्न भएको हो ।
मकाउको ताइपामा हिमालयन हाउसमा सम्पन्न कार्यक्रममा मकाउमा राजेगारीको शिलशिलामा रहेका दिदी बहिनी तथा दाजुभाईको उपस्थिती रहेको थियो । सो अवसरमा एनआरएनए एनसीसी मकाउकी पूर्व अध्यक्ष शान्ति अधिकारीले नेपालीहरु जहाँ गएपनि एक जुट हुने र दुख सुखमा एकअर्कालाई साथ दिने संस्कारको विकाश हुँदै गइरहेको भन्दै खुशी ब्यक्त गरिन् ।
नेपालीहरुको महान पर्व संसारभर मनाइरहँदा देश छाडेर परवासमा यसरी बसिरहँदा पनि तिज पर्वको अवसरमा सबै एकै स्थानमा भेला हुन पाउँदा खुशी लागेको बताइन् । सो अवसरमा एनआरएनए एनसीसी मकाउका महासचिव उत्तम गुरुगं, महिला संयोजक बिन्दु सुनुवार राईले पनि आ आफ्नो धारण राखेका थिए ।
ठूलो संख्यामा नेपाली दिदी बहिनीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सामाजिक अभियन्ता दीपक थापा गायक तथा सङीतकार तुला पर्बतको पनि उपस्थित रहेको थियो । कार्यक्रमको संचालन वाइड स्क्रिन मिडिया मार्फत सीता पौडेलले गरेकी थिइन् ।




