अभिनेत्री ज्याकलिन फर्नान्डिजकको अभिनय रहेको चलचित्र ‘विक्रान्त रोणा’ को टिजर सार्वजनिक

मुम्बई । अनुप भण्डारीले निर्देशन गरेको कन्नड चलचित्र ‘विक्रान्त रोणा’ को टिजर सार्वजनिक भएको छ । थ्रिलर चलचित्रको टिजर बिहीबार ‘टि सिरिज’ को युट्युबमार्फत रिलिज गरिएको हो । चलचित्रको मुख्य भूमिकामा रहेका अभिनेता किच्चा सुदिपको ५०औं जन्मदिन पारेर टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा चलचित्र फेन्टासी दुनियाँको कथालाई देखाइएको छ । चलचित्रमा काल्पनिकसँगै वास्तविक संसारका विविध कथा प्रस्तुत गरिएको छ । अप्रिल २०२० मा छायांकन सुरु गरिएको यो चलचित्र भारतको हैदरावादको अन्नपूर्ण स्टुडियो र रामोजी चलचित्र सिटीमा खिचिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा सुदिपसँगै निरुप भण्डारी र निता अशोकको मुख्य भूमिका रहेको छ । यस्तै, अभिनेत्री ज्याकलिन फर्नान्डिजकको समेत चलचित्रको एक गीतमा अभिनय छ ।