समयमा ड्राइभर नआएका कारण एयरपोर्टमै यसरि रिसले आँगो भइन अर्जुन कपुरकी प्रेमिका मलाइका

मुम्बई- मलाइका अरोरा केही न केही कारण चर्चामा रहिरहन्छिन् । पछिल्लो केही समयदेखि मलाइका अर्जुन कपुरसँगको सम्बन्धका कारण चर्चामा थिइन् । अहिले फेरि अर्को कारणले उनी चर्चामा आएकी छन् ।

मलाइकाको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । भिडियोमा उनी उनकै रिसाएकी छन् । भिडियोमा मलाइका फोनमा कसैसँग निकै रिसाएर कुरा गरिरहेकी छन् । यो भिडियोमा मलाइकाको साथमा उनकी बहिनी अमृता अरोरा पनि देखिएकी छन् ।अन्नपुर्ण पोष्टमा खबर छ ।

भिडियोअनुसार मलाइका र अमृता जैसलमेरबाट फर्किरहेका छन् । दुवै एयरपोर्ट बाहिर उभिएर ड्राइभर पर्खिरहेका छन् । समयमा ड्राइभर नआएका कारण उनी रिसाएकी हुन् । भिडियोमा उनी ड्राइभरसँग रिसाएर कुुरा गरिरहेकी छन् । ‘हामी त्यता आउन सक्दैनौ तिमी नै यता आऊ, छिटो ट्रली लिएर’, भिडियोमा मलाइका चिच्याइरहेकी छन् । मलाइका पछिल्लो समय अर्जुन कपुरसँग रिलेसनसिपमा छिन् । दुवै छिट्टै विवाह गर्ने खबर पनि बाहिरिएको छ ।