त्रिभुवन विश्वविद्यालयको पठनपाठन प्रभावित, छठपछिसम्मलाई बन्द

जेनजी आन्दोलन अराजक बन्दै नियन्त्रण बाहिर गएपछि त्रिभुवन विश्वविद्यालयको पठनपाठन समेत प्रभावित बनेको छ ।

अराजक्तामा परिणत भएको जेनजी आन्दोलनका कारण संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित देशका प्रमुख प्रशासनिक भवन जलाइएको थियो । यससँगै, त्रिभुवन विश्वविद्यालयले समेत छटपछि खुल्नेगरी बन्द भएको हो ।

विश्वविद्यालयको यो निर्णयले एक साता अघि नै पठनपाठन बन्द भएको छ । किनकी, दसैं, तिहार र छठका लागि नियमतिरुपमा प्रत्येक वर्ष विदा हुँदै आइरहेको थियो ।