चक्रपथमा निजी स्कुलका बसको र्‍याली

चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ ।

विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।

शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् ।

केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा स्कुल बस निकालेर विरोध जनाएका थिए ।