सेयर बजारमा उच्च अंकमा गिरावट

आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो। सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ। कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ। यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन्।