सुनको मूल्यले ऐतिहासिक रेकर्ड, छापावाल सुन प्रतितोला १ लाख ५३ हजार

नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यता आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।