सेयर बजारमा गिरावट

सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । कारोबार हुने साताको तेस्रो  दिन आज मंगलबार  परिसूचक ६.१८ अङ्कले घटेर २ हजार ९ सय २३  दशमलव  ४६ को विन्दुमा पुगेको छ ।

यो अघिल्लो दिनको तुलनामा ० दशमलव २७ प्रतिशतले घटि  हो। मंगलबार  तीन सय ३२ कम्पनीको कारोबार भएको छ ।

मंगलबार तीन सय ३२ कम्पनीको ५ करोड २७ लाख ६४  हजार ८ सय ३२ कित्ता शेयर २ लाख ४१ हजार  ६६५ पटक खरिद बिक्री हुँदा २१ अर्ब ५१ करोड ५० लाख १०  हजार ६ सय ३३ बराबरको कारोबार भएको छ।