११ महिनामा १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ विदेश जाने विद्यार्थी लगे

चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीसँगै १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक तथ्यांकले सो विवरण देखाएको हो ।

सार्वजनिक विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ८९ अर्ब १८ करोड रुपैयाँ लगेका थिए ।

त्यस्तै चालु आवको ११ महिनामा नेपालीहरूले विदेश घुम्ने क्रममा ५८ अर्ब ६ करोड रुपैयाँ खर्च गरेका छन् ।