प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बजेट बहुमतले पारित भएको छ। अर्थमन्त्री वर्षमान पुनले पेश गरेको विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।
मंगलबारको प्रतिनिधी सभाको बैठकमा उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो। अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए।
पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब छ।





