तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो ।

सो वृद्धिपछि सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत बुधबार २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२० रुपैयाँमा पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।