नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । यसदिन सुन ३ हजार १०० रुपैयाँले बढेको हो ।
हिजो २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।





