७२ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

 आज बुधबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ७ हजार २०० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ९१ हजार ८०० रुपैयाँ थियो । आज बुधबार २ लाख ९९ हजार रुपैयाँमा उक्लिएको छ । 

तोलाको ९५ रूपैयाँले बढेर चाँदीको भाउ ५ हजार २५ रुपैयाँ पुगेको छ ।