नेपाल राष्ट्र बैंकले आज (बुधबारका) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ५२ पैसा र बिक्रीदर १४९ रुपियाँ १२ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ६० पैसा र बिक्रीदर १७२ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ६७ पैसा र बिक्रीदर १९७ रुपियाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपियाँ ६८ पैसा र बिक्रीदर १८६ रुपियाँ ४३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ९३ पैसा र बिक्रीदर १०३ रुपियाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ७० पैसा र बिक्रीदर १०७ रुपियाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ६२ पैसा र बिक्रीदर ११६ रुपियाँ ०८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ६६ पैसा र बिक्रीदर २१ रुपियाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ५५ पैसा र बिक्रीदर ३९ रुपियाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ७४ पैसा र बिक्रीदर ४० रुपियाँ ९० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ४४ पैसा र बिक्रीदर ४० रुपियाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३६ रुपियाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ९० पैसा र बिक्रीदर ०९ रुपियाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६१ पैसा र बिक्रीदर १५ रुपियाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९६ पैसा र बिक्रीदर २३ रुपियाँ ०६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ९५ पैसा र बिक्रीदर १९ रुपियाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४८३ रुपियाँ ८६ पैसा र बिक्रीदर ४८५ रुपियाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपियाँ ३८ पैसा र बिक्रीदर ३९४ रुपियाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपियाँ ७७ पैसा र बिक्रीदर ३८७ रुपियाँ ३२ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस





