नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६७ पैसा र बिक्रीदर १४९ रुपियाँ २७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ २२ पैसा र बिक्रीदर १७१ रुपियाँ ९१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९६ रुपियाँ १५ पैसा र बिक्रीदर १९६ रुपियाँ ९४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपियाँ ६१ पैसा र बिक्रीदर १८६ रुपियाँ ३५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ४५ पैसा र बिक्रीदर १०२ रुपियाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ६० पैसा र बिक्रीदर १०७ रुपियाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ५२ पैसा र बिक्रीदर ११५ रुपियाँ ९८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ६० पैसा र बिक्रीदर २१ रुपियाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ६० पैसा र बिक्रीदर ३९ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ७७ पैसा र बिक्रीदर ४० रुपियाँ ९३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ४८ पैसा र बिक्रीदर ४० रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ८८ पैसा र बिक्रीदर ३७ रुपियाँ ०३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ८४ पैसा र बिक्रीदर ०९ रुपियाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७६ पैसा र बिक्रीदर १५ रुपियाँ ७४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९२ पैसा र बिक्रीदर २३ रुपियाँ ०१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ९७ पैसा र बिक्रीदर १९ रुपियाँ ०५ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपियाँ ३५ पैसा र बिक्रीदर ४८६ रुपियाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपियाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपियाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपियाँ १६ पैसा र बिक्रीदर ३८७ रुपियाँ ७१ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस



