५ हजारले बढ्यो सुन, चाँदी पनि बढ्यो 

नेपाली बजारमा आज (आइतबार) सुन तथा चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि उकालो लाग्दै प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा किनबेच भइरहेको छ, जुन शुक्रबारको २ लाख ८१ हजार रुपैयाँको तुलनामा बढी हो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४ हजार ७ सय २० रुपैयाँ पुगेको छ, अर्थात् अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले वृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ४ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।