शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओको बाँडफाँड आज हुने भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओको बाँडफाँड आज बिहान ८ः३० बजे हुने जानकारी दिएको छ ।
कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो ।
यस आइपिओमा ऐतिहासिक २७ लाख ६७ हजार ११४ जनाले आवेदन दिएका छन् । यो आइपिओको इतिहासकै सबैभन्दा धेरै लगानीकर्ताले आवेदन दिएको आइपिओ बनेको छ ।
कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्युअर रेटिङ डबल बी प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।





