साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ९ ओटा उपसमुह बढेको छ भने ४ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार ग्रीन लाइफ हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८१ करोड १ लाख २१ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सोलु हाइड्रोपावर र सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, आज दरम खोला हाइड्रोपावर इनर्जीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।





