साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.१५ अंक घटेर २६१३.४० विन्दुमा झरेको छ।
यस सेसनमा ८ लाख ७ हजार ४२९ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४० कम्पनीको १ हजार ७४९ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १२ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।




