साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४८ अंक घटेर २६४०.६६ विन्दुमा झरेको छ।
यस सेसनमा ३ करोड ४० लाख ७८ हजार ३३ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४६ कम्पनीको ५१ हजार ९१४ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११कम्पनीको मूल्य स्थिर रहेको छ।




