तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्यो सुन

आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३७५ रुपैयाँले बढेर ५४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।