यस साता नेप्से परिसूचक २८.९२ अंकले घटेर २६४२.१५ विन्दुमा आईपुगेको छ। गत साता २६७१.०७ विन्दुमा बन्द भएको नेप्से यो साता २८.९२ अंक घटेर २६४२.१५ विन्दुमा पुगेको हो ।
यस साता दुई कारोबार दिन बजार खुलेको थियो। जसमा दुवै कारोबार दिन नेप्से घटेको थियो।
यस साता औसतमा ८ अर्ब १५ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ७ अर्ब ९४ करोड २७ लाखको र मंगलबार ८ अर्ब ३६ करोड ४४ लाखको सेयर कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से ८.१६ अंकले घटेर २६६२.९१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से २०.७५ अंकले घटेर २६४२.१५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।





