नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको अवस्थाअनुसार दैनिक रूपमा सुनचाँदीको मूल्यमा उतारचढाव हुने गरेको छ।




