३ हजारले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको ३ हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख ६ हजार ५०० रुपैयाँ थियो, आज ३ लाख ३ हजार ५०० रुपैयाँमा झरेको छ ।

तोलाको ३४० रूपैयाँले घटेर चाँदीको मूल्य ५ हजार रुपैयाँ कायम भएको छ ।