साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६१ करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ४५ करोड २८ लाख बढीको कारोबार भएको छ ।
मंगलबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ बिन्दुमा पुगेको छ ।
त्यस्तै, मंगलबार कालिन्चोक दर्शनका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।





