प्रि ओपन सेसनमा ३.६३ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६३ अंक बढेर २७१२.३३ विन्दुमा आइपुगेको छ।

यस सेसनमा २ करोड ३५ लाख २६ हजार ३९४ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ६२ कम्पनीको ५८ हजार २४८ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।