नेको इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ २२ गते अन्तिम दिन रहेको छ।
कम्पनीले माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २३ गते शुक्रबार र माघ २४ गते शनिबार परेकाले आज माघ २२ गते सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।
कम्पनीले आफ्नो ३० औं वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको नक्सालस्थित रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र करसहित १२.७८९४ नगद लाभांश छन्।
सभाले बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।





