धितोपत्र बोर्डले एपोलो हाइड्रोपावरलाई दियो आईपीओ बिक्रीको अनुमति

 नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ बिक्रीका लागि अनुमति दिएको छ । 

बोर्डले कम्पनीलाई अंकित मूल्य रु एक सयमा रु १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो ।

कम्पनीको सेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई आईपीओ बिक्रीको अनुमति दिएको छ । 

त्यसमा नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादन कम्पनी, होटल तथा पर्यटन, विकास बैंक भने एक÷एक वटा रहेका छन् ।

बोर्डले चालु आवको हालसम्म रु छ अर्ब एक करोड १७ लाख २७ हजार आठ सय बराबरको सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।