फेरि ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो ?

 मंगलबार नेपाली बजारमा फेरि सुनको भाउ बढेको छ । लगातार ३ दिन सम्म ५२ हजार ७ सयले घटेको सुनको भाउ आज ३ हजार ७ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोला १३५ रुपैयाँले बढेको छ । हिजो ५ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३३५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

गत माघ १५ गते ३ लाख ३९ हजार ३ सय पुगेर सुनको भाउले नयाँ रेकर्ड राखेको थियो ।