नेपाली बजारमा सुनको ऐतिहासिक रेकर्ड, तोलामा ३ लाख नाघ्यो

नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो ।

आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको मोल प्रतितोला रु ६ हजार १९० कायम भएको छ ।