आजदेखि सालपा विकास बैंकको आईपीओ बिक्री खुला

सालपा विकास बैंकले आज पुस १६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। 

बैंकले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

बैंकले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको छ। बैंकले ५ प्रतिशतले हुनआउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ।

सर्वसाधारण लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ।

यस आईपीओको निष्कासन बन्द छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गते हुनेछ। 

बैंकको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।