छविलाल जोशी रिहा भएका छन् । सहकारी ठगी प्रकरणमा कारागारमा रहेका गोर्खा मिडिया नेटकर्वका सञ्चालक जोशी धरौटीमा रिहा भएका हुन् ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सहकारी ठगी प्रकरणमा कारागारमा रहेका छविलाल जोशी रिहा भएका छन् ।
पूर्व डिआईजीसमेत रहेका जोशीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि उनी धरौटीबापतको रकम बुझाएर रिहा भएका छन् । उनी बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा कारागारमा थिए ।
उनीसँगै पुर्पक्षका लागि कारागार चलान भएका रास्वपाका सभापति रवि लामिछाने धरौटी बापतको ३ करोड ७४ लाख ८४ हजार बुझाएर रिहा भइसकेका छन् । रविलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।





