निरन्तर ६ दिनको ओरालो यात्रामा बिराम लगाउँदै नेप्से परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार सामान्य अंकले बढेको छ। यसदिन शेयर बजार आज ७.३९ अंकले बढेर २६१४.०७ बिन्दुमा पुगेर बनद भयो।
यसदिन १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
मंगलबार ३३१ कम्पनीका ८७ लाख ४२ हजार ८४ कित्ता सेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ रुपैयाँको कारोबार भएको छ।
त्यस्तै, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ। कम्पनीको मात्र ३१ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।





