प्रि ओपन सेसनमा १.४८ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा १.४८ अंक घटेर २६२९.६९ विन्दुमा झरेको छ।  

यस सेसनमा ५ करोड २६ लाख २० हजार ७०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४८ कम्पनीको ९० हजार ३५६ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा २५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।