प्रि ओपन सेसनमा २.७० अंकले बढ्यो नेप्से

साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा २.७० अंक बढेर २६४७.४१ विन्दुमा झरेको छ।  

यस सेसनमा १ करोड २१ लाख २४ हजार २६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ६४ कम्पनीको १५ हजार ५३ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।