आज पनि सुनको भाउले राख्यो नयाँ रेकर्ड

सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो ।

आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर ३५३५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।