३ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ

आज मंसिर २ गते नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ६५ रुपैयाँले घटेर ३ हजार ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।