नेपाली बजारमा आज सुन चाँदीको भाउ भारी वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ९ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलामा २ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलाको २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ भने सामान्य बढेको छ ।
आज चाँदी तोलामा १७० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३३ सय ४५ रुपैयाँ कायम भएको छ।
हिजो चाँदी तोलामा ३१ सय ७५ सय रुपैयाँमा किनबेच भएको थियो।





